तस्बीरः गुगलबाट
नेपाल भलिबल संघ (एनभीए)ले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि मंगलबारबाट प्रशिक्षण सुरु गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल सरकारको स्वीकृतसँगै संघले ३० खेलाडीलाई प्रारम्भिक छनोट राखेर प्रशिक्षण सुरु गरेको हो। संघले महिला टोलीको प्रशिक्षण राखेप कभर्डहल त्रिपुरेश्वरमा सुरु गरेको हो।
भलिबल संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। संघले सहभागी खेलाडी र आवश्यक अफिसियलको यसअघिनै पिसीआर गरेको थियो ।
मुख्य प्रशिक्षक जगदिश भट्टको अनुपस्थितीमा महिला टिमले पहिलो दिनको अभ्यास सत्र समाप्त गरेको छ। पहिलो दिन अन्जु श्रेष्ठ र कुमार राईले टोलीलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षण जेठ २१ गतेबाट सुरु गर्ने तयारी रहेपनि पुनः थपिएको निषेधाज्ञाका कारण भलिबलको बन्द सत्र स्थगित भएको थियो।
प्रारम्भिक चरणमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट खेल्ने खेलाडीहरु सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो प्रशिक्षणमा छन्।
त्यस्तै, अर्को विभागीय क्लब नेपाल पुलिसबाट खेल्ने खेलाडीहरुमा उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द प्रशिक्षणमा छन्। त्यसैगरी, सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट खेल्ने खेलाडीहरु सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी प्रारम्भिक चरण्को छनोटमा परेका छन्।
न्यु डायमण्डकी प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य प्रारम्भिक छनोटमा परेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







