विपतमा उद्धार


     एभरेस्ट आवाज    
     असार २ गते २०७८ मा प्रकाशित



तस्बीरः राम गुरुङ

सुपर मादी हाइड्रोपावरमा कार्यरत् कामदारहरुलाई उद्धार गर्दै ताङ्तिङ गाउँका स्थानीय युवाहरु। मादि गाउँपालिका वडा २ को बिशेष पहलमा उनीहरुलाई उद्धार गरेका थिए। सोमबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ। बाढीले हाइड्रो पावरका २ वटा जेसीबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट, एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निमाणमा प्रयोग हुने विभिन्न उपकरणहरु बढीले बगाएको आयोजनाले जनाएको छ। हाइड्रो पावरका अनुसार अविरल रुपमा परेको बर्षापछि आएको बाढीले करिब ५० करोड बराबरको क्षति भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।