नदीपुरमा खानेपानीको पाइप बिछ्याउन खनेको खाल्डोमा ट्रक फस्यो


     एभरेस्ट आवाज    
     असार २ गते २०७८ मा प्रकाशित




पोखराको नदीपुरमा खानेपानीको पाईप बिछ्याउन खनेको खाल्डोमा परेर एक मालवाहक ट्रक फसेको छ । कुखुराको दाना लिएर आएको ट्रक खाल्डोमा पर्दा भासिएर फसेको हो ।

जाईकाले खानेपानीको पाईप बिछ्याउन खनेको खाल्डोमा अविरल वर्षाका कारण पानी जमेर माटो गलेको अवस्थामा ओभरलोडेड सो ट्रकले थिच्दा जमिन केहि भासिन जाँदा ट्रक फसेको नदीपुर प्रहरी विटका प्रहरी हवल्दार गौतम श्रेष्ठले जानकारी दिए ।

फसेको ट्रकमा रहेको दानाको बोरा अनलोड गरेर ट्रक निकाल्ने काम भइरहेको हवल्दार श्रेष्ठले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।