विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री पोखरेल


     एभरेस्ट आवाज    
     असार २ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । बिपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेको मुख्यमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।

विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गर्ने भएका छन् । ५ सदस्यीय मन्त्री परिषद गठन गरेका उनले अहिलेसम्म कसैकोपनि कार्यविभाजन गरेका छैनन् । मन्त्रीहरुको कार्यविभाजन गर्दा विवाद हुने र त्यसको असर विश्वासको मत लिदा पर्नसक्ने भएकाले मुख्यमन्त्री पोखरेल पहिले विश्वासको मत लिने पक्षमा रहेको बुझिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।