पोखरा । विघटित प्रतिनिधि सभाका निबर्तमान सांसद बिद्या भट्टराई अधिकारिले बर्षा याम शुरूवात भए संगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगाएतका प्राकृतिक प्रकोपले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उद्धार र राहतका कार्यमा जुट्न सम्पुर्णमा अनुरोध गरेकी छन ।
भट्टराईले बुधबार सामाजिक संजालमा एक सार्बजनिक अपिल जारी गर्दै सो आग्रह गरेकी हुन । उनले अपिलमा “बर्षा याम सुरु भएपछि धेरै बस्तीहरू जोखिममा पर्छन् । अहिले सुरूकै अबस्थामा बर्षाले मनाङ र सिन्धुपाल्चोक,कास्की र स्याङ्जामा अधिकतम असर पुगेको भन्दै पिडितको उद्धार र राहतका काममा राज्यका सम्पुर्ण संयन्त्रको प्रभावकारी परिचालनमा जुट्न तिनै तहका सरकारलाई आग्रह गर्दै सचेततापुर्बक सहयोगमा जुट्न आम नागरिकलाइ आग्रह समेत गरेकी छन ।
उनले बिपदमा परि ज्यान गुमाउनेहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै पीडित हरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छ्न।क्षति हुन नदिनका लागि सम्बन्धित निकायले समयमा नै अनुगमन र उद्धारकार्यमा जुट्नु पर्ने भएको छ ।“ उल्लेख गरेकी छ्न।
जोखिममा परेका क्षेत्रहरूको दिगो संरक्षणका लागी समेत थप योजना बनाई कार्यान्वयनमा जानुपर्ने आवश्यकता देखिएको भन्दै उनले वाताबरण मैत्री विकासको अबधारणा सबैतिर कडाइका साथ लागू गर्नुपर्ने उल्लेख गरेकी छ्न ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





