सांकेतिक तस्बीर
संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन्।
अफगानिस्तानको नानगाहार प्रान्तमा ५ जना स्वास्थ्यकर्मीको हत्या भएको थियो। साथै अरु केही स्वास्थ्य सहायताकर्मीलाई घाइते बनाइएको थियो।
नानगाहार प्रान्तमा संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी भएका थिए। सोही क्रममा तालिबान लडाकुहरूले उनीहरूको हत्या गरेका बताइएको छ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामिज अलखारबले सो हत्याको निन्दा गरेका हुन्। उनले नागरिकलाई स्वास्थ्य सहयोग गरिरहेका सहयताकर्मीहरूको हत्या निन्दनीय हो भन्दै यसमा संलग्नहरूलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







