पलेशा टोकियो पारालिम्पक २०२० का लागि छनौट


     एभरेस्ट आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन टोकियो पारालिम्पिक २०२० का लागि छनौट भएकी छिन्।

नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै पलेशा जापानको टोकियो शहरमा आगामी भदौमा आयोजना हुने टोकियो पारालिम्पिक २०२० का लागि नेपालबाट छनौट भएकी जानकारी गराएको हो।

पलेशा अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्रदान गर्ने कोटा प्रणाली अर्थात वाइल्ड कार्डमार्फत पारालिम्पिकमा नेपालको तर्फबाट छनौट भएकी हुन्।

पलेशा विश्व तेक्वान्दो महासंघको वरियताको १३ औं स्थानमा रहेको र नोलका लागि एउटा मात्र वाइल्ड कार्ड प्रदान गर्ने भएको कारण पलेशाले टोकियो पारालिम्पिकमा सहभागिताको मौका पाएकी हुन्।

यसै वर्षको भदौ १७ देखि १९ गतेसम्म जापानको टोकियोमा हुने पारालिम्पिकमा पलेशाले के ४४, ८५ केजी तौल मुनिको समूहमा सहभागिता जनाउने छिन्। पलेशाको यो पहिलो पारालिम्पिक सहभागिता हो।

२०७२ सालबाट लगातार राष्ट्रिय तेक्वान्दो पारालिम्पक टिममा रहेर खेल्दै आएकी पलेशाले पहिलोपटक राष्ट्रिय झण्डाको मुनि सन् २०१७ मा दक्षिण कोरियामा आयोजना भएको तेश्रो एशियन अन्तगराष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

पलेशाले सन् २०१८ मा भियतनाममा भएको चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगिता पहिलोपटक कास्य पदक जित्न सफल भएकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।