युरोकप फुटबलः इटाली नकआउट चरणमा


     एभरेस्ट आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० को फरक गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो।

ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले २ गोल गरे । सिरो इमोबाइलले १ गोल गरे।

तर, खेलको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए।
त्यसपछि खेलको ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३–० को जित दिलाए ।

यससँगै समूह ’ए’ को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ। लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ। इटाली समूहको शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो।

समूहको तेस्रो स्थानमा रहेको स्विजरल्याण्डको यो पहिलो हार हो। स्विजरल्याण्डले २ खेलमा १ अंक जोडेको छ। स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।