तस्बीरः एजेन्सी
वेल्सले युरोकप फुटबलमा पहिलो जित निकालेको छ।
बुधबार राति भएको खेलमा वेल्सले टर्कीमाथि २–० गोल अन्तरले जित निकालेको हो।
बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा वेल्सलाई जित दिलाउन अरोन राम्से र कारोना रोबेर्टसले १/१ गोल गरे।
खेलको ४२ औँ मिनेटमा राम्सेले गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको इन्ज्युरी समयमा रोबेर्टले गोल गर्दै वेल्सलाई पहिलो जित दिलाए।
जितसँगै वेल्सले समूह ’ए’ मा दुई खेलबाट ४ अंक जोडेको छ। वेल्स तालिकाको शीर्ष स्थानमा छ। वेल्सले पहिलो खेलमा स्विजरल्यान्डसँग बराबरी खेलेको थियो।
यता टर्कीले भने लगातार दुई खेलमा हार बेहोरेको छ। टर्की अंक विहीन हुँदै तालिकाको पुछारमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







