युरो कप फुटबलः रुसको पहिलो जित


     एभरेस्ट आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

युरोकप फुटबलमा रुसले पहिलो जित निकालेको छ।

समूह ‘बी’ अन्तर्गत बुधबार राति भएको पहिलो खेलमा फिनल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक ३ अंक लिन सफल भएको हो।

पहिलो खेलमा बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको रुसले बुधबार भने फिनल्याण्डलाई पराजित गरेको हो।

पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा रुसले शुरुवाती अग्रता बनाएको थियो। उसका लागि अलेक्सी मिरान्चुकले गोल गरेका थिए। ज्यूबाको असिस्टमा मिरान्चुकले गोल गरेपछि पहिलो हाफमा रुसले १–० को अग्रता लिन सफल भयो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।