चीनको एक फलामखानीमा बाढी पस्दा ११ मजदुरको मृत्यु


     एभरेस्ट आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित




फाइल फोटो

एजेन्सी । चीनको एक फलाम खानीमा बाढीको पानी पसेर भएको दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु भएको छ ।

चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तमा रहेको सो खानीको एउटा कुवामा बाढीको पानी पसरे सो दुर्घटना भएको हो ।

स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ । खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको छ ।

बुधबार बिहानैदेखि भइरहेको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।