नागरिकको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख प्राथामिकता–मुख्यमन्त्री नेपाली


     एभरेस्ट आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित



गण्डकी प्रदेशको मुख्यमन्त्री बनेपछी भर्चुवल माध्याामबाट पहिलो पटक सार्वजनिक कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशबासीको स्वास्थ्य सुरक्षा प्रमुख प्राथामिकता रहेको बताउनुभएको छ । पंतन्जली योग समिति गण्डकी प्रदेशद्वारा सातौं अन्तरास्ट्रीय योग दिवसको अवसरमा आयोजित भर्चुवल योग शिविरको उदघाटन गर्दै मुख्यमन्त्री नेपालीले कोभिड–१९ महामारी, बाढी, पहिरो लगायत विभिन्न विपदबाट नागरिकको जिउधन सुरक्षाप्रति सरकार गम्भिर रहेको बताउनुभयो ।
उहांले आयुर्वेद, योग र प्राकृतिक उपचार जस्ता पुर्वीय चिकित्सा पद्वतीको प्रवर्द्धन आवश्यक रहेकोले प्रदेश सरकारले यस विषयमा अध्ययन, अध्यापन गराउने नीति लिएको जानकारी दिनुभयो ।
औधषीजन्य वहुमुल्य जडीवुटीहरुको संरक्षण, व्यवसायिक उत्पादनमा विशेष प्रोत्साहन कार्यक्रम ल्याएको छ मुख्यमन्त्री नेपालीले भन्नुभयो– बैदिक अस्पताल सञ्चालन र जडिवुटी प्रशोधन उद्योगहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम छ । 
  योग, ध्यानको माध्यमबाट स्वस्थ नागरिक, असल समाज निर्माणमा टेवा पुग्ने भएकाले यसको प्रवर्द्धन गर्न सरकार प्रतिवद्व रहेको उहांको भनाई छ। जेष्ठ नागरिकका लागि दिवा संरक्षण सेवा, विशेष उपचार सेवा, ध्यान योगा, सत्संग गर्न सघाउने मुख्यमन्त्री नेपालीले जानकारी दिनुभयो ।
उहांले योग ध्यानको लोकप्रियतासंगै संयुक्त राष्ट्र संघले समेत मान्यता दिनु आफैंमा महत्वपुर्ण उपलब्धी रहेको भन्दै यस अभियानमा लाग्नुहुने सम्पूर्ण योग अभियान्ताहरुलाई धन्यवाद ज्ञापन सहित आगामी दिनमा निरन्तरता र थप विस्तार गर्न आग्रह गर्नुभयो ।
पतंजली योग समिति नेपालका केन्द्रिय प्रभारी लभदेव मिश्रले गण्डकी सरकारले योग, बैदिक र प्राकृतिक उपचार पद्वतिलाई प्रोत्साहन गर्न उदाहरणीय कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । सप्ताह व्यापी भर्चुवल योग शिविर अन्तरगत आज पंतन्जली योग समिती गन्डकीको आयोजनामा संञ्चालीत योगको उदघाटन समारोहमा देश भरिका छ सय भन्दा बढी योग प्रशिक्षक, अभियान्ता, जनप्रतिनीधि, निजामति कर्मचारी तथा सर्वसाधरणको सहभागीता रहेको थियो भने फेसबुक लाईभबाट समेत हजारौ दर्शक कार्यक्रममा सरीक भएका थिए।पतंजली योग समिति नेपाल गण्डकी प्रदेशका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रमलाई महामन्त्री गणेश आचार्यले सहजिकरण गर्नुभएको थियो । समितिले अघिल्लो लकडाउन देखिनै भर्चुवल माध्यमबाट दैनिक ध्यान, योग शिविर, प्रशिक्षक प्रशिक्षण, विज्ञहरुसंग छलफल तथा अन्तरकृया कार्यक्रम गर्दै आईरहेको गन्डकी प्रदेशका सोसल मिडिया प्रभारी छबि सुबेदीले जानकारी गराउनुुभयो !


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।