तस्बीरः एजेन्सी
नेपालको राष्ट्रिय फुटबल टोलीका खेलाडी र अफिसियललाई विहिबार कोरोनाको भ्याक्सिन लगाइएको छ।
त्यसपछि खेलाडीलाई आफ्नो घर जानका लागि रिलिज गरिएको छ। नेपालले इराकसँगको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप र एसियन कप छनौटको दोस्रो चरणको खेल खेलेर ३ दिन अगाडी स्वदेश फर्किएको थियो।
फिफा विश्वकप छनौटमा नेपालले चाइनीज ताइपेईलाई २–० ले हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग समान ३–० को हार ब्यहोरेको थियो।
समुह ‘बी’ को चौथो स्थानमा रहेको नेपाली टिमले एशियन कप छनौटको तेस्रो चरणमा सिधै स्थान बनाएको छ। एएफसीले प्रतियोगिताको छनौटको नियम परिमार्जन गरेपछि नेपालले तेस्रो चरण खेल्न पाउने भएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





