तस्बीरः एजेन्सी
यस संस्करणको युरोकप फुटबल अन्तर्गत फिन्ल्याण्डबिरुद्धको समूहको पहिलो खेलमा हृदयघातका कारण मैदानमै अचेत बनेका डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनका लागि युरोकप अन्तर्गत शुक्रबार राति डेनमार्क र बेल्ज्यिमका खेलाडीले एक मिनट तालि बजाएर सम्मान प्रकट गरे।
शुक्रबार राति डेनमार्कको पार्केन स्टेडियममा भएको खेलको १० औं मिनटमा बेल्जियमका खेलाडीले बललाई मैदान बाहिर प्रहार गरेपछि स्टेडियममा उपस्थित खेलाडीसँगै दर्शकहरुले एरिक्सनप्रति श्रद्धा प्रकट गर्न एक मिनट तालि बजाएका थिए।
एरिक्सनले १० नम्बर जर्सि लगाएर खेल्ने भएकोले खेलको १० औं मिनटमा तालि बजाएर उनीप्रति श्रद्धाभाव प्रकट गरेको हो।
यो श्रद्धा सम्मान प्रकट गरेलगतै डेनमार्कका खेलाडीहरुले बेल्जियमका खेलाडीहरुलाई अंकमाल गरेका थिए। यस्तै दर्शकदिर्घामा बसेका दर्शक तथा समर्थकहरुले एरिक्सनको नामका प्लेकार्ड उचाल्दै तालि बजाएको दृश्य देखिन्थ्यो।
यसअघि पनि खेल शुरु हुनुअघि १० नम्बर अंकित २० देखि २५ मिटर ठूलो जर्सिलाई मैदानभित्र राखिएको थियो। जर्सिसँगै ‘तिमी कहिल्यै एक्लै हिड्ने छैनौ, हामी सधै साथमा हुनेछौ’ बोल गुन्जयमान थियो।
यस दौरान स्टेडियममा उपस्थित खेलाडी, अफिसियल्स, दर्शक तथा समर्थक सबै निक्कै भावुक देखिन्थे। इन्टर मिलान तथा टोटनहमका पूर्व मिडफिल्डर एरिक्सन शनिबार राति फिन्ल्याण्डबिरुद्धको समूहको पहिलो खेलको दौरान हृदयघातका कारण अचानक मैदानमा अचेत हुँदै ढलेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







