गण्डकी प्रदेश सभा सदस्य तथा कास्की क्षेत्र नम्बर १ (क)बाट निर्वाचित सांसद मनबहादुर गुरुङले जनमत परास्त गर्न बनेको प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन राखेको प्रस्ताव माथिको छलफलमा भाग लिदै एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य गुरुङले जनताले ५ वर्षका लागि कम्युनिष्टलाई सरकार चलाउन दिएपनि जनमत परास्त गर्न अपवित्र गठबन्धनमार्फत बनेको सरकारलाई विश्वासको मत दिन नसकिने बताएका हुन् ।
प्रदेश सभा सदस्य गुरुङले सरकारले ल्याएको बजेट महत्वकांक्षी र निरन्तरता दुबै नभई बकम्फुसे भएको बताए । उनले यस्तो बजेटले जनआकांक्षा पूरा नगर्ने भएकाले विश्वासको मत दिन सकिने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





