अवसरवादीहरुको गठबन्धनबाट बनेको सरकारलाई विश्वासको मत दिन सक्दैनौं : गुरुङ

- सिस्टम भत्काए डटेर सामना


     एभरेस्ट आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित



निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारले सिस्टम भत्काउनतिर लागे त्यसको डटेर सामना गर्ने चेतावनी दिएका छन् । विश्वासको मत लिन गरेको प्रस्ताव माथिको छलफलमा बोल्दै निवर्तमान मुख्यमन्त्री गुरुङले राम्रो कामलाई समर्थन गर्ने तर भइरहेको कर्मचारीलाई निकाल्ने, अदलबदल गर्ने काम गरेर सिस्टम भत्काउनेतिर सरकार लागेमा त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

‘संघीयता बलियो बनाउन डटेर लाग्छ भने सरकारलाई एमालेको सदैव समर्थन रहन्छ तर हामी हुँदा सरकारले गरेका नियुक्ती हटाएर आप्नो कार्यकर्ता ल्याउँछ भने त्यसको नेकपा एमालेले डटेर सामना गर्छ’–उनले भने । उनले ‘राईट म्यान ईज द राईट प्लेस’ का आधारमा आफू नेतृत्वको सरकारले कर्मचारी नियुक्त गरेकाले त्यसबिरुद्ध नजान उनले चेतावनी दिए । असल शासनका लागि असल व्यक्ति चाहिन्छ,उनले भने,‘हामीले नियुक्ती, सरुवा बढुवा गर्दाखेरी पारदर्शीता र जवाफदेहितालाई ध्यान दिएका छौं, सिस्टम भत्काएर कार्यकर्ता भर्ती केन्द्र बनाउने काम गरे त्यसको विरोध गरिन्छ, अगाडि बढाउन दिईदैन ।’

गुरुङले एमाले निरपेक्ष रुपमा सरकारको विरोध गरिरहनुपर्छ भन्ने संस्कारबाट मुक्त हुने बताए । ‘निरपेक्ष विरोध वा निरपेक्ष समर्थन गर्नुपर्छ भन्ने संस्कार हाम्रोमा छ, तर गण्डकी प्रदेश नेकपा एमाले संसदीय दल त्यसबाट मुक्त छ’–उनले भने ।

निवर्तमान मुख्यमन्त्री गुरुङले पोखरेल नेतृत्वको वर्तमान सरकार अवसरवादीहरुको गठबन्धन भएकाले विश्वासको मत दिन नसक्ने बताए । ‘अवसरवादीहरुको गठबन्धन बनेर बनेको यस्तो सरकारलाई एमाले विश्वासको मत दिन सक्दैन’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।