क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो


     एभरेस्ट आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित



फाइल तस्बीर

नेपाल क्रिकेट संघ (क्यान)ले स्पेनमा हुने त्रिकोणात्मक श्रृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोम्पाल कामी, सुशन भारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहोरा, बिक्रम सोब, पारस खड्का, करण केसी, सन्दीप जोरा, पवन सर्राफ, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, साहब आलम, पृथु बाँस्कोटा लगायतका क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग आगामी महिनमा हुने त्रिकोणात्मक वान डे अन्तर्राष्ट्रिय सिरिजको तयारीका २० खेलाडीलाई क्यानले बन्द प्रशिक्षणमा बोलाएको हो।

तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइसकेका छन्। उनी गत सोमबार काठमाडौं आइपुगेका हुन्। नेपालमा कोरोना नियन्त्रणका लागि लकडाउनले गर्दा क्रिकेट गतिविधि ठप्प भएपछि ह्वाटमोर श्रीलंका फर्किएका थिए।

आइसीसी र नेपाल क्रिकेट संघले (क्यान) अधिकारिक सिरिज कहिलेबाट सुरु हुने भन्ने विषयमा घोषणा गरिसकेको छैन। तर, विश्वकप लिग–२ अन्तर्गतको आगामी सिरिज जुलाई २० वा २२ तारिखदेखि स्पेनमा सुरु हुने जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।