कोपा अमेरिकाः अर्जेन्टिनाको पहिलो जित


     एभरेस्ट आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ।

स्ताडियो नासिओनल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाका रिकार्डो रोड्रिगेजले १३ औ मिनेटमा निर्णायक गोल गरेका हुन्। रोड्रिगेजले कप्तान लिओनल मेसीको पासमा गोल गरेका हुन्।

दोस्रो खेलको जितसँगै अर्जेन्टिनाले यस संस्करणको कोपा अमेरिकामा ४ अंक बनाएको छ। यसअघिको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १–१ को बराबरीमा रोकिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।