युरोकप: सानदार जित निकाल्दै स्वीडेन शीर्षस्थानमा


     एभरेस्ट आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

युरोकप फुटबल अन्तर्गतको खेलमा स्वीडेनले सानदार जित निकालेको छ।

निकै रोमान्चक बनेको उक्त खेलमा स्वीडेनले स्लोभाकियालाई १–० गोलले पराजित गर्दै जित निकालेको हो ।

उक्त खेलमा स्वीडेका इमिल फोर्सबर्गले गरेको गोल नै निर्णायक बन्यो।

उनले ७७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी जित दिलाए। रबिन क्वेसनलाई गोलकिपर मार्टिन डुब्राभ्काले लडाएपछि स्वीडेनले पेनाल्टी पाएको थियो ।

जितसँगै समूह ‘ई’ मा रहेको स्वीडेन २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ। उता, स्लोभाकिया २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस समूह अन्तर्गत आज स्पेन र पोल्यान्डबीच खेल हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।