युरोकपः चेक रिपब्लिक र क्रोसिया पनि बराबरी खेल्यो


     एभरेस्ट आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

युरो कप फुटबल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा क्रोयसिया र चेक रिपब्लिकले बरबरी खेल्यो।

यस संस्करणको प्रतियोगितामा समूह ‘डी’ को खेलमा दुबैले १/१ गोलको बराबरी खेलेसँगै दुबै टोलीले समान १/१ अंक बाँडेका छन्।

हाम्पडेन पार्कमा भएको खेलमा ३७ औं मिनेटमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । त्यस्तै, ४७ औं मिनेटमा क्रोसियाका इभान पेरिसिचले गोल बराबरी गोल फर्काए।

समूह ’डी’ मा रहेको चेक रिपब्लिकले ४ अंक बटुलेको छ। चेक रिपब्लिकले आफ्नो समूहको पहिलो खेलमा स्कटल्याण्डमाथि २–० को जित निकालेको थियो। क्रोयसियाले भने दुई खेलबाट १ अंक मात्रै बटुल्न सफल भएको छ। उसले पहिलो खेलमा इङ्ल्याण्डसँग १–० ले पराजित भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।