पोखरा । पोखरा लेडी जेसीसले ३३ औं वािर्षक उत्सवको अवसरमा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।
जेसीसले स्थापना स्थापना दिवसको अवसर पारेर अविरल वर्षासंगै आएको पहिरो प्रभावित पोखरा–३१ पिपलेका ९ घर परिवारलाई खाद्यान्न तथा नगद रकम शनिबार हस्तान्त्रण गरेको हो ।
संस्थाले विषम परिस्थितीमा वार्षिक उत्सवलाई समाजसेवाकै क्षेत्रमा समर्पित भएर सम्पन्न गरेको अध्यक्ष विनिता शर्माले जानकारी दिइन् । संस्थाले पहिरोबाट प्रभावित शान्ती जलारी, बुद्ध जलारी, बसु जलारी, सरस्वती जलारी, प्रतिमा जलारी, जुनु जलारी, सोममाया विक, मिना नेपाली, समुन्द्र जलारीको परिवारलाई खाद्यन्न तथा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको छ ।
यस्तै संस्थाले पहिरोले पूर्णरुपमा घरमा क्षति पुर्याउँदा छिमेकीको घरमा आश्रय लिएकी शान्ती जलारीलाई आर्थिक सहयोग गरेको छ । पहिरो जानुपूर्व नै त्यहाँबाट सुरक्षित स्थानमा सरेका कारण मानविय दुर्घटना भने टरेको थियो ।
यद्यपी अन्य केही घरहरु भने पहिरोको उच्च जोखिममा रहेको प्रभावितहरुले बताए ।
कार्यक्रममा पोखरा लेडी जेसीसका पूर्व अध्यक्ष सपना गिरी, सन्जु पौडेल लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







