मोटरसाइकलमा बेहुला–बेहुली


     एभरेस्ट आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित



फोटो फिचर पूरै पढौँ। तस्बीरः नेपाल टेलिभिजन

संखुवासभाको खाँदबारी नगरपालिका–८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाबीच बेहुली धर्मदेवी नगरपालिका–७ की चन्द्रिका श्रेष्ठलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्राएका छन्। धर्मदेवीको आँखीभूइँबाट सन्तोष–चन्द्रिका मोटरसाइकलमा चढेर खाँदबारी घर फर्किएका हुन्। उनीहरुले तडक भडक बिना बिहे गरेका हुन्। कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।