कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको नयाँ राष्ट्रपति


     एभरेस्ट आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति निर्वाचित भएका छन्।

उनले ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्। रईसी इरानका वरिष्ठ न्यायधीश हुन्।

उनी अत्यन्तै रुढीवादी बिचारधाराका हुन्। रईसीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।

राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइएको छ।

सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए। रईसी आफूलाई भ्रष्टाचारबिरुद्धको अभियन्ता र इरानको आर्थिक समस्या समाधान गर्ने नेतृत्वकत्र्ताको रुपमा चिनाउन रुचाउँछन्।

इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ। इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी हुन्। रईसीले अगष्ट महिनाको पहिलो साता कार्यभार सम्हाल्नेछन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।