तस्बीरः एजेन्सी
रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ।
प्राप्त समाचारअनुसार रुसको दक्षिण पश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ। त्यस क्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा परेर २ जना चालक दलका सदस्य र अरु ७ जना यात्रु गरेर ९ जनाको ज्यान गएको बताइएको छ। त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ।
सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु ३ वटा उडान गरेको बताइएको छ। तर, चौथो पटकको उडानका क्रममा जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ।
सिन्ह्वा/तास
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







