युरोकपः फ्रान्स र हंगेरीले १–१ को बराबरी खेल्यो


     एभरेस्ट आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

युरोकप फुटबल अन्तर्गत शनिबारको पहिलो खेलमा फ्रान्सले हंगेरीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।

पुस्कास रंगशाला हंगेरीमा सम्पन्न खेलमा पहिलो अग्रता हंगेरीले लिएको थियो। हंगेरीका एट्टिल्ला फोइलाले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए।

फ्रान्सका एन्टोनिओ ग्रीजमनले खेलको ६६ औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाए।प्रतियोगिताको यसअघिको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० ले पराजित गरेको थियो।

बराबरी खेलेसँगै समूह ’एफ’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ। हंगेरीको भने २ खेलबाट १ अंक जोडेको छ। समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।