तस्बीरः एजेन्सी
कोपा अमेरिका अन्तर्गत समूह चरणको खेलमा पेरुले पहिलो जित निकालेको छ ।
समूह ‘बी’ को आफ्नो पहिलो खेलमा साविक विजेता ब्राजिलसँग ४–० ले स्तब्ध भएको पेरुले आज (सोमबार) विहान भएको खेलमा कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गरेको हो।
खेलको १७ औं मिनेटमा सर्जियो पेनाले गोल गरी पेरुलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै कोलम्बियाले पेनाल्टी अवसर पायो। मिगुल बोर्जाले पेनाल्टीमा गोल गरी खेललाई बराबरीमा ल्याए।
तर, ६४ औं मिनेटमा कोलम्बियाली स्टार डिफेण्डर यारी मिनाले आत्मघाती गोल गरेपछि कोलम्बिया अप्रत्यासित पराजित बन्यो। कोलम्बियाले समूहको आफ्नो पहिलो खेलमा इक्वेडरलाई हराएको थियो भने दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







