तस्बीरः एजेन्सी
कोपा अमेरिका अन्तर्गत आज (सोमबार) बिहान भएको पहिलो खेलमा भेनेजुएला र इक्वेडरले बराबरी खेलेको छ।
समूह ‘बी’ को पुछारमा रहेका २ टोलीहरु भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्यो।
समूहको पहिलो खेलमा ब्राजिलसँग हारेको भेनेजुएलाले त्यसयता लगातार दोस्रो बराबरी खेलेको हो। कोलम्बियासँग पहिलो खेल हारेको इक्वेडरले भने पहिलो अंक जोडेको छ।
रियो दि जेनेरियो रंगशालामा २ पटक अग्रता लिएरपनि भेनेजुएलाले ३ अंक जोड्न सकेन। ३९ औं मिनेटमा इडोर प्रेसियाडोले गोल गरेपछि पहिलो हाफ भेनेजुएलाले अग्रता बनायो ।
५१ औं मिनेटमा इक्वेडरका एडर्सन क्यास्टिल्लोले बराबरी गोल फर्काए। ७१ औं मिनेटमा गोल्जालो प्लाटाले पुनः भेनेजुएलालाई अग्रता दिलाए। तर, खेलको इन्जूरी समयमा भेनेजुएला संहालिन नसक्दा खेल बराबरीमा पुग्यो। इक्वेडरका रोनाल्ड हर्नान्डेजले गोल गरेपछि इक्वेडरले महत्वपूर्ण १ अंक लिन सफल बन्यो।
कोपा अमेरिकामा भोलि विहान समूह ‘ए’ अन्तर्गतका २ खेलहरु हुनेछन्। विहान पौने ३ देखि सुरु हुने खेलमा उरुग्वे र चिली आमने–सामने हुँदैछन्। त्यस्तै, पौने ६ बजेदेखि सुरु हुने दोस्रो खेलमा पाराग्वेले अर्जेन्टिनाको सामना गर्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







