काश्मीरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाई सेवा


     एभरेस्ट आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

भारतको काश्मीर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको छ।

राजधानी श्रीनगरमा रहेको स्टेसनसहित काश्मिर क्षेत्रका ६ हजार २१ स्टेशनमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरूका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो।

रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। उनले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गरे।

एएनआई


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।