कालीगण्डकी र नारायणी किनारमा दुई मृत भेटिए


     एभरेस्ट आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित




प्रतीकात्मक तस्विर ।

पोखरा । सोमबार कालीगण्डकी र नारायणी नदी किनार दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

स्याङ्जाको कालीगण्डकी– ५ बासटारी भक्याम बगरस्थित किनारमा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको हो ।

पहिचान खुल्न नसकेका उनको शव किनारमा सडे गलेको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

त्यसैगरी, नवलपुर वर्दघाट सुस्ता पूर्व मध्यविन्दु नगरपालिका–३ रतनपुरस्थित नारायणी नदीको बिचमा पहिचान खुल्न नसकेका अर्का एक पुरुषको शव फेला परेको छ ।

नदीकोविचमा रहेको रुखमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरी उपरीक्षक बिनोद सिलवालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।