युरोकप फुटबलः नेदरल्यान्डस् नकआउट चरणमा


     एभरेस्ट आवाज    
     असार ८ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

नेदरल्याड्स समूह ‘सी’ को विजेता बन्दै जारी युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा नेदरल्याड्सले नर्थ मेसेडोनियाविरुद्ध ३–० को सहज जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको हो।

जोहन क्रुफ रंगशालामा घरेलु टोलीको जितमा जर्जिनिओ विज्नाल्डमले २ र मेम्फिस डेपेले १ गोल गरे।

जितसँगै ९ अंक जोडेको नेदरल्यान्डस् शतप्रतिशत जितसहित नकआउट चरणमा पुगेको हो। समूह चरणको सबै खेलमा पराजित भएको नर्थ मेसेडोनिया समूह चरणबाटै बाहिरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।