युरोकप फुटबलः समूह चरणमा बेल्जियमको शतप्रतिशत जित


     एभरेस्ट आवाज    
     असार ८ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जारी युरोकपमा बेल्जियमले समुह चरणमा शतप्रतिशत जित हात निकालेको छ।

गएरातिको खेलमा समुह ‘बी’ को बेल्जियमले फिनल्याण्डलाई २–० ले हरायो। रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले १ गोल गरे भने फिनल्याण्डले १ आत्मघाती गोल गरेको थियो।

यो जितसँगै बेल्जियमले ३ खेलमा ९ अंक जोडेको छ। बेल्जियमले ३ खेलमा ७ गोल गरेको छ भने १ गोल मात्रै खाएको छ। यसअघि, बेल्जियमले डेनमार्कलाई २–१ गोल र रुसलाई ३–० गोलले हराएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।