सडक र पुल मर्मतमा स्थानीय सरकार असमर्थ


     एभरेस्ट आवाज    
     असार ८ गते २०७८ मा प्रकाशित




नयाँबजार कोतोतर्फ आवतजावत गर्न समस्या भएपछि मनाङको स्याल्कु खोलामाथि अस्थायी काठेपुल निर्माण गर्दै नेपाली सेना । गत असार ४ गते अविरल वर्षाका कारण आएको बाढीले पुल बगाएको थियो । तस्बिर :नवीन लामिछाने

पोखरा । मनाङ जिल्लाको स्थानीय सरकारहरुले सडक र पुल मर्मत गर्न नसक्ने बताएका छन् ।

पुल मर्मतका लागि यहाँका स्थानीय सरकार असमर्थ भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। असार १ गते परेको अबियही असार १ गते आएको बाढीपहिरोका कारण जिल्लाका सबै सडक र पुलमा क्षति पुगेको छ ।

तत्काल जनजीवन सहज बनाउने कोशिसमा रहेपनि सडरल वर्षाका कारण स्थानीय दुई खोलामा आएको बाढीपहिरोले बगाएको सडक र पुल मर्मत गर्ने क्षमता गाउँपालिकासँग नभएकाले केन्द्र र प्रदेश सरकारबाट पहल गरिदिन उनलेआग्रह गरे।

बाढीपहिरोले यहाँ सडक र पुल बगाएपछि खाद्य सङ्कट उत्पन्न हुन लागेको उनको भनाइ छ । बाढीपहिरोका कारण मनाङमा पहिलोपटक यति धेरै भौतिक संरचनामा क्षति पु¥याएको हो ।

चामेमा बाढीपहिरोले ३० किलोमिटर सडकमा क्षति पु¥याएको छ भने आठ झोलुङ्गे र दुई पक्की पुल तथा पाँच लघु जलविद्युत् आयोजना बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। बाढीपहिरोबाट त्यहाँका २०० घरका एक हजार नागरिक विस्थापित भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।