ट्याक्टर दुर्घटनामा एकको मृत्यु


     एभरेस्ट आवाज    
     असार ८ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । बाग्लुङको रातामाटामा भएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाग्लुङ नगरपालिका–७ रातामाटा स्थित मध्यपहाडी लोकमार्गमा दोबिल्लाबाट बाग्लुङ बजार तर्फ आउँदै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

ध १ त ८३ नम्वरको खाली ट्याक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेर गम्भीर घाइते भएका बाग्लुङ–१२ अमलाचौरका वर्ष १८ का सरोज विकको उपचारका क्रममा धवलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।