एजेन्सी
नेपाली राष्ट्रिय फुटबल टोलीका ५० जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट अन्तिम चरणको तयारीका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।
जुलाई १ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने प्रशिक्षणका लागि अब्दुल्लाहले पहिलो चरणमा ५० जना खेलाडीलाई बोलाएका हुन्। एन्फा कम्प्लेक्समा १ जुलाईदेखि प्रशिक्षण सुरु हुनेछ। खेलाडीहरूलाई २ समूहमा विभाजन गरेर बिहान र बेलुका प्रशिक्षण गरिने एन्फाले बताएको छ।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरू
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रवि पासवान, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् ।…





