तस्बीरः एजेन्सी
नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु भएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो।
खेलाडी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले तयारी सुरु गरेको हो। मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो। स्पेनमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गरेको हो।
सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ। क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो। तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन्। प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ प्रशिक्षणमा सहभागी छन्।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
१२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ। लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १३ गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३३…





