तस्बीरः एजेन्सी
राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी राष्ट्रिय महिला टोलिकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)को उपचार कतारमा हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको हो।
कतार फुटबल एसोसिएसनको सहयोगमा सावित्राको उपचार दोहास्थित अस्पेटार अस्पतालमा हुने भएको हो। एन्फाले सावित्राको उपचारमा सहयोग गर्नका लागि कतारलाई पत्र पठाएको थियो।
राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी स्ट्राईकर सावित्रा भण्डारी (साम्बा) ले चोट बोकेकी थिइन्। राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिसविरुद्धको खेलमा सावित्राले चोट बोकेकी थिइन्।
सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ। उनको शल्यक्रिया गर्नु पर्नेछ। चोटको कारण सावित्राले लिगको अन्तिम दुई खेल समेत गुमाएकी थिइन्। उनी करिब एक वर्ष मैदान बाहिर रहने छिन्।
सावित्रा उपचारका लागि शनिबार कतार प्रस्थान गर्नेछिन्। यसअघि, कतार फुटबल एसोसिएसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका २ सदस्य विमल घर्तिमगर र विक्रम लामाको उपचार पनि कतारको राजधानी दोहामा गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







