तस्बीरः गुगलबाट
क्रोएसिया पनि समूह उपविजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ।
समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३–१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो।
क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले १÷१ गोल गरे स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए।
ह्याम्पडेन पार्कमा पेरिसिचको पासमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। खेलको ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए। यस संस्करणको युरोकप फुटबलमा स्कटल्याण्डको यो पहिलो गोल हो।
खेलको ६२ औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसिया २–१ को अग्रता दिलाए। माटियो कोभासिचको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे। त्यसपछि खेलको ७७ औं मिनेटमा पेरिसिचले मोड्रिचको पासमा गोल गर्दै क्रोएसियालाई ३–१ को जित दिलाए।
यस जितसँगै समूह ‘डी’को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो। समूह उपविजेता बन्दै क्रोएसियाले अन्तिम १६ मा स्थान बनायो। स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ। स्कटल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







