पोखरा महानगरले पोखरा सभागृहको जिणोद्धार गर्ने


     एभरेस्ट आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिकाले पोखरा सभागृहको जीर्णोद्धार गर्ने भएको छ । पोखराको मध्य भागमा रहेको पोखरा सभागृह पोखराको शानको रुपमा रहेपनि पछिल्लो समयमा जिर्ण हुन थालेपछि महानगरले यसको जिर्णोद्धार गर्ने भएको हो ।

जिर्ण अवस्थामा रहेको पोखरा सभागृहको दक्षिण पट्टीको भाग

महानगरको पाचौं नगरसभामा महानगर प्रमुख –मेयर) मानबहादुर जिसीले गण्डकी प्रदेश सरकारसँग साझेदारी गरेर पोखरा सभागृहको जिर्णोद्धार गर्ने बताए । यसका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर काम थालनी गरिने उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।