असार ९ पोखरा । आधुनिक खेल प्रारम्भ भएको दिनको स्मरण गर्दै आज जुन २३ ओलम्पिक डे का अवसरमा विभिन्न खेल संघ संस्था, खेलाडी तथा प्रशिक्षकहरुको सहभागितामा एक कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, स्पोर्टस फर अल कमिसन गण्डकी र नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भुतपूर्व खेलाडी मञ्च नेपालको संयूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को महामारी जारी रहेकै बेला विशेष शुरक्षाका साथ पोखरामा ओलम्पिक डे मनाइएको हो ।
पोखरा रंगशालाको हातामा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले परिषद र ओलम्पिक कमिटी बिचको सम्वन्ध वलियो भने मात्रै खेलकुद विकासले गति लिने बताए ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सदस्य सचिव गुरुङले ओलम्पिक डेको सन्दर्भ माथी प्रकाश पार्दै सबै खेल संघ–संस्था विच आपसी समझदारीको बिकास भयो भने मात्रै खेलकुद गतिविधि अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादु बानियाँ, स्पोर्टस फर अल कमिसन गण्डकीका संयोजक खड्ग बहादुर रानाभाट, भूतपूर्व खेलाडी मञ्च नेपालका कार्यबाहक अध्यक्ष हरि प्रसाद पराजुली, पोखरा महानगर खेलकुद बिकास समितीका अध्यक्ष दिपक बहादुर गोदार लगायतले ओलम्पिक डे को महत्वमाथी प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिडका १९ का कारण समस्यामा रहेका फरक क्षमताका ४ जना खेलाडीलाई राहत स्वरुप जनही ५ हजारका दरले सहयोग रकम हस्तान्ततरण गरेको छ । सहयोग पाउने हरुमा भरत बानियाँ, लक्ष्मी सुनार, रमेश परियार र सृजना परियार रहेका छन ।
ओलम्पिक डेका अवसरमा आयोजित उक्त कार्यक्रममा बक्सिङ, जुडो, मुआथाई र भारोत्तोलनका खेलाडीहरुले आ–आफ्नो खेल पदर्शन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ७ साउन/ नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सदस्य सन्तोष पोखरेलले…





