नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक विकास खवासको सफल शल्यक्रिया


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक विकास खवासको घुँडाको सफल शल्यक्रिया गरिएको छ।

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट प्रतियोगितामा जोर्डनविरुद्ध खेल्दा उनी घाइते भएका थिए।

विकासको दायाँ खुट्टामा एसीएल चोट लागेको थियो। जोर्डनविरुद्ध चोट बोकेपछि विकासले ३०औं मिनेटमै मैदान छाडेका थिए। उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।