तस्बीरः एजेन्सी
जर्मनी समूह उपविजेता बन्दै जारी संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो।
जर्मनीका लागि ६६ औं मिनेटमा काई हाभर्टेजले र ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गरे।
रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने हंगेरीले बनाएको थियो। खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाए। हंगेरीका लागि ६८ औं मिनेटमा आन्द्रेस सेफेरले अर्को गोल गरेका थिए ।
बराबरीसँगै समूह ‘एफ’ को उपविजेता बनेको जर्मनीले ३ खेलबाट ५ अंक जोड्यो।
यसअघि, समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो। अब जर्मनीले अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्नेछ।
हंगेरी भने समूह चरणबाट बाहिरिएको छ। हंगेरीले ३ खेलबाट २ अंक मात्रै जोड्यो। पहिलो खेलमा पोर्चुगलसँग ३–० ले पराजित हंगेरीले दोस्रो खेलमा फ्रान्ससँग १–१ गोलको बराबरी खेलेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







