तस्बीरः एजेन्सी
जारी १६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्ससँग बराबरी खेलेसँगै पोर्चुगलले पनि नकआउट चरणमा स्थान बनाएको छ।
पोर्चुगलले ३ खेलबाट ४ अंक जोड्दै समूह ‘एफ’ को तेस्रो स्थानमा रह्यो। पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो।
उसले फ्रान्ससँग २–२ को बराबरी खेलेको थियो। पोर्चुगोलका लागि दुबै गोल स्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए। फ्रान्सका लागि पनि दुबै गोल स्टार बेन्जिमाले गरेका थिए। अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ।
समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







