कोपा अमेरिका : ब्राजिलको लगातार तेस्रो जित, कोलम्बियालाई हरायो


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

कोपा अमेरिका फुटबलमा ब्राजिलले लगातार जित निकालेको छ। जारी संस्करणको पछिल्लो खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ ।

बिहिबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा राबर्टो फिर्मिन्हो र कासमिरोले गोल गरे।

खेलमा लुइस डियाजको गोलबाट कोलम्बियाले लिएको थियो। खेलको १० औं मिनेटमा जुआन कुआड्राडाको पासलाई सदुपयोग गर्दै डियाजले कोलम्बियालाई अग्रता दिलाएका थिए।
खेल सकिन १२ मिनेट अघि ब्राजिलले बराबरी गोल फर्कायो। रिनान लोडीको पासमा फिर्मिन्होले ब्राजिलका लागि बराबरी गोल फर्काए।

खेलको इन्जुरी समयमा ब्राजिलले विजयी गोल गरेको थियो। नेयमारले उपलब्ध गराएको पासमा कासमिरोले गोल गर्दै ब्राजिललाई जित दिलाए। कोपा अमेरिकामा ब्राजिलले लगातार तेस्रो खेलमा जित निकालेको हो।

उसले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । ब्राजिलसँग पराजित बनेको कोलम्बिया ४ अंक सहित दोस्रो स्थानमा छ।

पेरु ४, इक्वेडर २ र भेनेजुयला २ अंक सहित क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छ।
बिहिबारनै भएको पहिलो खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।