तस्बीरः गुगलबाट
युरोकप फुटबल अन्तर्गत समूह चरणका खेलहरु सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ।
बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने तालिका छ।
यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क, अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन्।
समूह चरणबाट कठिन बराबरीसँगै अन्तिम १६ मा प्रवेश गरेको जर्मनीले इङल्याण्ड प्रतिद्वन्द्वी पाएको छ। तेस्रो हुँदै नकआउट चरणमा पुगेको पोर्चुगलले बेल्जियमसँग खेल्नुपर्नेछ।
त्यस्तै, फ्रान्सले स्वीटजरल्याण्डसँग र स्पेनले क्रोएसियासँग भिड्नेछ। वेल्सले डेनमार्क, इटालीले अष्ट्रिया, नेदरल्याण्डसले चेक रिपब्लिक र स्वीडेनले युक्रेनसँग खेल्नेछ।
नकआउट चरणका खेल २६ जुनबाट हुनेछन्। नकआउट चरणको पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १६ पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ…






