तालचोक–बेगनास सडक निर्माणका लागि २४ करोड २५ लाख विनियोजन


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

नेपालकै नमूना सडकका रुपमा निर्माण गर्न लागिएको लेखनाथको तालचोक–बेगनास सडकका लागि २४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । पोखरा महानगरपालिकाको नवौं नगरसभामा आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत निर्माण हुने उक्त सडक निर्माणको लागि आगामी आर्थिक वर्षका लागि सो रकम विनियोजन गरिएको बताईन् । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडक निर्माण गर्न १ अर्ब ५३ करोड रुपंैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको छ ।

उक्त सडक निर्माण भएपछि सो क्षेत्र पोखराको नयाँ न्युरोडको रुपमा विकसित हुने विश्वास महानगरले लिएको गुरुङले बताईन् । सो सडक निर्माण सम्पन्न भएपछि तालचोक बेगनास क्षेत्रको भौतिक विकासको अलावा बेगनासतालमा हुने पर्यटकीय गतिविधि विस्तार भई उक्त क्षेत्र पर्यटकीय हबको रुपमा विकाशित हुने उनले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।