पोखरा महानगरपालिकाले जलकुम्भी झार हटाउन खरिद गरिएको साधनको मर्मत गर्ने भएको छ । महानगरको नवौं साधारण सभाको दोश्रो दिन बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले फेवाताल, बेगनास ताल, रुपाताललगायत पोखरा आसपासका तालहरुमा रहेको जलकुम्भी झार हटाउन खरिद गरिएको साधनको आवधिक मर्मत सम्भार गर्नका लागि बजेट विनियोजन गरेको हो ।
पर्यटकीय तालहरुमा जलकुम्भी झार आएर कुरुप बनाएपछि त्यहाँ रहेको जलकुम्भी झार हटाउन जलकुम्भी झार हटाउने साधन खरिद गरिएको थियो । जलकुम्भी झार हटाउन प्रभावकारी मानिने सो साधन ल्याएको केहि समयमै बिग्रिएर थन्किएको छ । सो मेसिन अहिले कता छ भन्नेपनि यकिन छैन । तर महानगरले भने सो मेसिन मर्मत सम्भार गर्न भन्दै बजेट छुट्याएको बताएको छ । यद्वपी मेसिन मर्मत सम्भारका लागि कति बजेट छुट्याइएको हो भन्ने खुलाइएको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १३ गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३३…





