महिला एसिया कप छनोटको ‘ड्र’ सार्वजनिक, नेपालको समूहमा फिलिपिन्स र हङकङ


     एभरेस्ट आवाज    
     असार ११ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

एएफसी महिला एसिया कप छनोटको ‘ड्र’ सार्वजनिक गरिएको छ।

बिहीबार भएको ‘ड्र’ नेपालले आफू रहेको समूहमा २ टिम प्रतिद्वन्द्वी पाएको हो ।

मलेसियामा भएको ‘ड्र’ अनुसार नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ परेका छन्। नेपाल समूह ‘एफ’मा रहेको छ । प्रतियोगिताको ‘ड्र’ मा एसियाका २८ देश समावेश छन्।

एसियन कपको छनोट नेपालमा आयोजना गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ। महिला एसिया कप छनोटमा नेपाल ३ देश रहेको समूहमा परेको छ। महिला एसिया कप छनोटका अन्य ४ देशले आफ्नो समूहमा ४ देश पाएका छन्।

समूह विजेता टोली भारतमा अर्को वर्ष हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछन्। प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म संचालन हुने तय भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।