तस्बीरः एजेन्सी
कोपा अमेरिकाकप फुटबलमा उरुग्वेले पहिलो जित निकालेको छ।
आज (शुक्रबार) विहान भएको पहिलो खेलमा उरुग्वेले बोलिभियालाई २–० ले हराएको हो।
उरुग्वेको जितमा इडिन्सन काभानीले १ गोल गरे भने बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल उपहार दिएका थिए।
७९ औं मिनेटमा काभानीले गोल गर्दै जित पक्का गरेका थिए । फाकुन्डो टोरेसको क्रसलाई गोलमा परिणत गर्दै काभानीले उरुग्वेलाई जारी कोपा अमेरिकामा पहिलो जित दिलाएका थिए ।
यो जितपछि ३ खेलबाट ४ अंक जोडेको उरुग्वे अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ र क्वाटरफाइनल चरणमा स्थान बनाएको छ। यसअघि अर्जेन्टिनासँग १-० ले पराजित उरुग्वेले चिलीलाई १-१ को बराबरीमा रोकेको थियो । अंकबिहीन बोलिभिया भने लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







