तस्बीरः एजेन्सी
जुडोकी सोनिया भट्टले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन्।
वाइल्ड कार्ड प्राप्त गर्दै सोनियाले ओलम्पिकमा खेल्ने पक्का भएको हो। सोनिया टोकियो ओलम्पिकका लागि छनोट हुने पाँचौं नेपाली खेलाडी हुन्। यसअघि, सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोचीचन्द्र पार्कीले खेल्ने पक्का भइसकेको छ।
सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी काँस्यधारी खेलाडी हुन्। सोनियाले महिला ४८ केजीमुनि काँस्य जितेकी थिइन्। उनी विश्व जुडो च्याम्पियनसीपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी समेत हुन्।
सन् २०१९ मा मोरक्कोमा भएको च्याम्पियनसीपमा सोनियाले ४८ केजीमुनि तौलसमूहमा मोजाम्बिकी खेलाडी मुनिमी जेनीलाई बाजारी आवासोती इप्पोनको आधारमा पराजित गरेर इतिहास बनाएकी थिइन्।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ। जसमा फुटबल र बेसबल रहेको छ।
ओलम्पिकको औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ। ओलम्पिकमा ३३ खेलमा कूल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १३ पर्यटकलाई हैरानी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ…





