तस्बीरः एजेन्सी
इंग्ल्यान्डले श्रीलंकासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृंखलामा क्लिन स्वीप गरेको छ।
गएराति भएको खेलमा श्रीलंकालाई ८९ रनले हराउँदै इंग्ल्यान्डले श्रृंला ३–० ले आफ्नो पक्षमा पारेको हो।
इंग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो। श्रीलंकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए।
ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे। इंग्ल्यान्डका डेभिड विलीले ३ तथा साम कुरानले २ विकेट लिए।
यसअघि, पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। इंग्ल्यान्डका डेविड मलानले ७६ रन, जोनी बेयर्स्टोले ५१, लियाम लिभिङस्टोनले १४ रनको योगदान गरे। यस्तै, साम करण ९ र क्रिस जोर्डनले ८ रनमा अविजित रहे।
श्रीलंका दुश्मन्था चामिराले ४ विकेट लिए भने बिनुरा फर्नान्डो र इसुरु उडानले १/१ विकेट लिए। पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो। श्रीलंका र इंग्यान्डबीच पर्सी (मंगलवार) देखि ३ खेलको एक दिवसीय श्रृंखला समेत हुँदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







